केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्ममा रजनीकान्त मरेको ‘सिन’ राख्न डराउँछन् निर्देशक

सहयात्रा टिभी

६७ वर्षको उमेरमा पनि दक्षिण भारतीय फिल्म उद्योगको तमिल सिनेमामा रजनीकान्तको आफ्नै वर्चस्व रहिआएको छ। आगामी वर्ष रिलिज हुने उनी अभिनित ‘२.०’ हेर्न दर्शक आतुर भइसकेका छन्। सम्भवत: ‘२.०’ रजनीको पहिलो थ्रिडी रिलिज हो।

उनीसँग काम गर्न थुप्रै निर्माता -निर्देशक तँछाडमछाड गर्छन्। उनीहरू तँछाडमछाड गर्नेसँगै उनलाई फिल्ममा गराउने दृश्यलाई लिएर उत्तिकै होसियार रहने गरेका छन्। त्यसमध्ये फिल्ममा मरेको दृश्य एउटा त्यस्तै महत्वपूर्ण दृश्य हो। यो दृश्य कुनै पनि निर्देशक रजनीसँग गर्न चाहँदैनन्। उनीहरू रजनी मरेको दृश्य फिल्ममा राख्न चाहँदैनन्।

यसका पछाडि एउटा डर कारक रहेको छ। रजनी मरेको दृश्य राख्यो भने फिल्म फ्लप हुन्छ भन्ने डरका कारण फिल्ममा रजनी मरेको दृश्य राख्न निर्देशकहरू डराउने गर्छन्। त्यसैले पछिल्लो थुप्रै वर्षदेखि रजनी मरेको दृश्य कुनै पनि फिल्ममा राखिएको छैन्।

 

प्रकाशित : 19 December, 2017

प्रतिक्रिया दिनुहोस्