केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हिंसापीडित महिलाका लागि आवास गृह चलाउन कठिन

सहयात्रा टिभी

ललितपुर । महिला तथा बालबालिकाका लागि छुट्टिने बजेट स्थानीय निकायमा निःशर्त जाँदा हिंसामा परेका महिलाका लागि सञ्चालित ‘आवास गृह’ सञ्चालनमा कठीनाइ भएको छ ।

निःशर्त बजेट जाँदा अधिकांश स्थानीय निकायले आवास गृहका लागि रकम नछुट्याएको महिला विभागकी निर्देशक विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्–‘जिल्लामा काम गरिरहेका साथीहरुले पनि हिंसापीडितलाई न्याय दिलाउन कठिन भएको बताइरहनुभएको छ ।’ स्थानीय निकायले त्यो पैसा अन्यत्र खर्च गर्दा हाम्रा आवास गृहहरु बन्द गर्नुपर्ने अवस्था छ ।

नेपाल सरकारले ३६ वटा जिल्लामा हिंसापीडितका लागि ‘आवास गृह’ सञ्चालन गरिरहेको निर्देशक प्रसाईंले बताइन् । ती आवास गृहमा हिंसापीडित महिला बस्ने गर्छन् । पहिले स्थानीय निकायमा जाने १५ प्रतिशत बजेट महिलाका लागि छुटिृने गरेको थियो । त्यही बजेटबाट आवास गृह सञ्चालन र हिंसापीडित महिलालाई न्याय दिलाउनका लागि खर्च हुने गरेको थियो ।

उनी भन्छिन्–‘बाध्यकारी व्यवस्था नहुँदा महिलाका लागि बजेट नछुटिृने रहेछ ।’ घरेलु हिंसा तथा कसुर ऐन आएपछि विसं २०६६÷६७ मा १५ जिल्लामा हिंसापीडित महिलाका लागि आवास गृह शुरु भएको थियो । त्यसको चार वर्षपछि दुई जिल्लामा थप भएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत अहिले थप १९ जिल्लामा आवास गृह सञ्चालनमा छन् ।

प्रकाशित : 19 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्