केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुनर्निर्माणका लागि प्राविधिक खटाइयो

सहयात्रा टिभी

बेसीशहर । लमजुङका स्थानीय तहमा घर पुनर्निर्माणका लागि प्राविधिक खटाइएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत प्राविधिकलाई स्थानीय तहमा खटाइएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्राविधिकलाई निर्देशन र सुझावसहित विनाशकारी भूकम्पपछि जिल्लाको अवस्थाबारे जानकारी गराइएको थियो । जिल्लामा इञ्जिनियर, सव इञ्जिनियर, असिस्टेन्ट सव इन्जिनियर गरी २५ जना प्राविधिक खटिएका र उनीहरूले पुनर्निर्माण गरिएका घरको निरीक्षण र जाचँपास, निर्माणाधिन घरमा प्राविधिक सल्लाह दिने, घर निमार्णका लागि किस्ता सिफारिस गर्ने लगायतका काम गर्ने छन् ।

भूकम्पबाट लमजुङका १३ हजार ९५९ घर पूर्ण क्षति र ५३९ घर प्रवलीकरण अन्तर्गतका लाभग्राही सूचीमा रहेकामा १२ हजार ५६१ घरपरिवारले पहिलो किस्ता बराबरको रु ५० हजार बुझिसकेका छन् भने करीब एक हजार पाँच सय घर निर्माणाधीन छन् ।

प्रकाशित : 19 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्