पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि

सहयात्रा टिभी

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १र१ रुपैयाँले वृद्धि भएको जनाएको छ । निगमले यसअघि मंसिर २२ गते इन्धनको मूल्य समायोजन गरेको थियो । त्यसको लगत्तै १५ दिनको अन्तरमा पुनः मुल्य बृद्धि गरेको हो ।

नयाँ मूल्य बमोजिम पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८र७८ रुपैयाँ पुगेको छ । त्यस्तै, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।

मूल्य समायोजन गरेसँगै अब निगमलाई मासिक ११ करोड ३९ लाख रुपैयाँ घाटा पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रकाशित : 19 December, 2017

प्रतिक्रिया दिनुहोस्