केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबै जिल्लाका कृषि विकास कार्यालय बन्द हुँदै

सहयात्रा टिभी

काठमाण्डौं । देशका ७५ वटै जिल्लाका कृषि विकास कार्यालयहरु यही पुस महिनाभित्र पूर्णरुपमा बन्द हुने भएका छन् । कृषि कार्यालयहरु बन्द भएपछि ती कार्यालयबाट हुँदै आएका काम अब स्थानीय तहबाट हुने छन् ।

७५ वटै जिल्लामा कृषि कार्यालयहरु छन् । जिल्ला कार्यालय मातहत ४–६–४ को रेसियोमा सेवा केन्द्रहरु थिए । तराई मधेसका जिल्लाहरुमा ४, पहाडीमा ६ र हिमाली जिल्लाहरुमा ४ वटाका दरले रहेका सेवा कार्यालयहरु भने बन्द भइसकेका छन् । अब दोस्रो चरणमा जिल्ला कार्यालयहरु बन्दको तयारी भइरहेको छ । कृषि मन्त्रालयका सचिव डा. सुरोज पोख्रेलले जिल्ला कृषि कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु भने यसअघि नै बन्द भइसकेका छन् ।
जिल्ला कार्यालय र सेवा कार्यालयहरुमा २२ देखि ४५ जनासम्म कर्मचारीहरु थिए । तर हाल एक जना कार्यालय प्रमुख, एक जना अधिकृत, एक जना योजना अधिकृत र कार्यालय प्रमुखका लागि एक जना चालक मात्र छन् । ‘आफ्ना कामहरु स्थानीय तहलाई ह्याण्डओभर गर्नका लागि ४–५ जनाको मात्र जनशक्ति छ । त्यो काम सकिएपछि उहाँहरुको पनि अन्यत्रै व्यवस्थापन हुन्छ’–कृषि मन्त्रालयका सूचना अधिकृत मणिरत्न अर्यालले भने ।

बन्द भएका कार्यालयका जनशक्ति व्यवस्थापनको अन्तिम खाका तयार हुन बाँकी छ । तर कृषि कार्यालयका अधिकांश प्राविधिक जनशक्तिलाई प्रदेशमा र स्थानीय तहमा व्यवस्थापन गर्ने योजना बनाइएको छ । महानगरपालिकामा उपसचिव र नगरपालिकामा अधिकृतको नेतृत्वको टोली रहने गरी व्यवस्थापन गर्ने प्रारम्भिक प्रस्ताव तयार भएको अर्यालले जानकारी दिए ।

प्रकाशित : 20 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्