कथाकार ब्राजाकीको अवस्था गम्भीर

सहयात्रा टिभी

काठमाण्डौं । मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।

दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए । गजलकार समेत रहेका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ । उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ ।

प्रकाशित : 20 December, 2017

प्रतिक्रिया दिनुहोस्