सनी लियोनीसँग सुरक्षाकर्मी नै हैराए
नयाँ वर्षको पूर्वसन्ध्यामा बलिउड अभिनेत्री सनी लियोनी बेंगलूरुमा एक कार्यक्रममा भाग लिँदै थिइन् । तर, बेंगलूरु प्रहरीले उनको र उनी सहभागी हुने कार्यक्रममा उपस्थित हुने मानिसहरुको सुरक्षा दिनबाट हात झिकेको छ ।
यस विषयबाट निराश भएकी सनी लियोनीले एक ट्विट गर्दै भनेकी छन्, ‘बेंगलूरु प्रहरीले स्पष्ट भनेको छ कि मेरो र न्यु इयर कार्यक्रममा उपस्थित हुने मानिसहरुको सुरक्षा दिन सक्दैन । यसलाई ध्यानमा राखेर म कार्यक्रममा हुनेछैन । तपाई सबैको नयाँ वर्ष सुखद र सुरक्षित बनोस् ।’ सनीको समर्थनमा केही मानिसहरुले सामाजिक सञ्जालमा ट्विट गरिरहेका छन् ।
बताइएअनुसार बेंगलूरुमा ३१ डिसेम्बरमा सनी लियोनीको ‘सनी नाइट इन बेंगलूरु २०१८’ हुने कार्यक्रम थियो । यस शोलाई लिएर रक्षा वेदिके युवा सेना नाम गरेको एक संगठनले विरोध गरिरहेको थियो । उनीहरुका अनुसार भारतमा सनीको यस शोले संस्कृतिको अपमान गर्नेछ । एजेन्सी