केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वाम गठबन्धनको अग्निपरीक्षा शुरु-नेता नेपाल

सहयात्रा टिभी

काठमाण्डौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

नेकपा एमाले कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले निर्वाचनमा उक्त गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन राखेको दृष्टिकोणका आधारमा जनताले स्पष्ट बहुमत दिएकाले ती कार्य पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले वाम गठबन्धनको अब अग्निपरीक्षा शुरु भए पनि वामपन्थी नेतृत्वको सरकारले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयवासीलाई विश्वास दिलाए । काठमाण्डौं निर्वाचन क्षेत्र नं २ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य नेपालले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरताको खाँचो औंल्याउँदै अब देशमा दण्डहीनताको अन्त्य हुने र विधिको शासन कायम गरी रोजगार सिर्जना गर्ने विषयलाई प्राथमिकता दिइने बताए ।

वाम गठबन्धनको सरकार गठन भएपछि देशमा संक्रमणकालीन समयको अन्त्य हुने र स्थानीय पूर्वाधार तथा विकास निर्माणले तीव्रता पाउनेमा पनि नेता नेपालले जोड दिएका छन् ।

प्रकाशित : 20 December, 2017

प्रतिक्रिया दिनुहोस्