केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आँबुखैरेनीमा फोहरमैला व्यवस्थापन केन्द्र संचालन

सहयात्रा टिभी

तनहु । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । ल्याण्डफिल्ड साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो ।

३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरी फोहर फाल्न थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा छ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको थापाले बताए । वार्षिक ७२ हजार भाडा दिने गरी १० वर्षका लागि जग्गा लिइएको उनले जानकारी दिए ।

उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ बजार क्षेत्रबाट दैनिक उठ्ने तीन ट्रक फोहर सो केन्द्रमा लगी फाल्ने गरिएको गाउँपालिकाकी कार्यकारी अधिकृत दुर्गा थापाले बताए । फोहोरलाई मोहोर बनाउने उद्देश्य लिइएको उनी बताउँछन् । कुहिने फोहरबाट प्रांगारिक मल बनाउने र नकुहिने फोहोर शिशा, प्लाष्टिक, प्लाष्टिकका बोतल पुनःप्रयोग गर्न सकिने वस्तुलाई बिक्री गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । आँबुखैरेनीलाई सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिइएको गाउँपालिकाका कर्मचारी बताउँछन् । फोहरलाई व्यवस्थित ढङ्गबाट संकलन गरी केन्द्रसम्म पु¥याउनका लागि अहिले टोल सुधार समितिका पदाधिकारीलाई तालिम दिइएको छ ।

प्रकाशित : 21 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्