केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोजपुरको बजेट २६ करोड ७४ लाख

सहयात्रा टिभी

भोजपुर । आन्तरिक विवादका कारण लामो समय हुन नसकेको रामप्रसाद राई गाउँपालिकाकोे गाउँसभा सडक विस्तारलाई पहिलो प्राथमिकता दिंदै विहिबार सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पाँच महिनापछि सम्पन्न पहिलो गाउँसभाले चालु आवका लागि कूल २६ करोड ७४ लाख २६ हजार बजेट पारित गरेको हो ।

यसमा शसर्त अनुदान नौ करोड ३७ लाख २३ हजार, निःशर्त अनुदान १६ करोड ८२ लाख १७ हजार, गत वर्षको खर्च हुन बाँकी रकम ४६ लाख र अनुमानित आन्तरिक आय आठ लाख गरी सो बराबरको रकम विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । सभाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ । सडक विस्तारमा पाँच करोड १६ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।

प्रकाशित : 22 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्