केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

सहयात्रा टिभी

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो साताभित्र केन्द्रीय परिषद् बैठक वीरगञ्जमा गर्ने भएको छ ।

पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए । विधान संशोधन बाहेक सबै निर्णय गर्न सक्ने उक्त बैठकलाई महाधिवेशनपछिको ठूलो सभाका रुपमा लिइएको छ । पार्टीका सबै केन्द्रीय कार्य समिति सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष गरी करीब ५ सय जनाको सहभागिता रहने सो बैठकले पार्टीले अवलम्बन गर्नुपर्ने भावी रणनीतिका साथै नयाँ कार्यनीति पारित गर्ने छ ।

पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ भने समानुपतिकमा तीन प्रतिशत मत प्राप्त गर्न सकेन । प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक सिट पनि जितेको छैन । त्यहाँ समानुपातिकमा आवश्यक न्यूनतम मत प्राप्त गरेको भए पनि के कति सिट प्राप्त गर्ने निश्चित भएको छैन ।

प्रकाशित : 22 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्