केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्याटलोनियामा मतदान

सहयात्रा टिभी

बार्सिलोना । स्पेनमा देखिएको संकट समाधानका लागि सहयोगी हुने अपेक्षा गरिएको निर्वाचनमा बिहिबार क्याटलोनियाका जनताले मतदान गरेका छन् ।

क्यटलोनियाका यसअघिका नेताहरुले छुट्टै देशको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर खराब राजनीतिक अवस्थाको अन्त्यका लागि बिहीबार निर्वाचन गराएको हो । छुट्टै स्वतन्त्र राज्यको घोषणा गरेका नेताहरुलाई सरकारले राज्य द्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा मुद्धा लगाएको छ भने केही नेताहरु सुरक्षाको कारण देखाउँदै बेल्जियममा बसेका छन् ।

अहिलेको निर्वाचनमा स्वतन्त्रता पक्षधर र स्वतन्त्रताको विपक्षधर गरी दुवै पक्षका उम्मेद्वारहरु प्रतिष्पर्धामा उत्रिएका थिए । स्वतन्त्रता पक्षधरले यसअघि सन् २०१५ मा भएको निर्वाचनमाझै सुविधाजनक बहुमत ल्याउँलान् की नल्याउँलान् भन्ने उच्च प्रतिक्षा गरिएको छ । यो निर्वाचनलाई क्याटलोनियाको स्वतन्त्रता आवश्यक छ की छैन भन्ने जनमत जाँच्ने अवसरको रुपमा पनि लिइएको छ ।

प्रकाशित : 22 December, 2017

प्रतिक्रिया दिनुहोस्