कालीकोट तनावग्रस्त : एक म्यादी प्रहरीको मृत्यु

सहयात्रा टिभी

कालिकोट । म्यादी प्रहरीले सेवासुविधा कम भएको भन्द शुक्रवार दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडपमा प्रहरीको गोली लगाएर एक म्यादी प्रहरीकोे मृत्यु भएको छ ।

मृत्यु हुने म्यादी प्रहरीमा रासकोट नगरपालिका २ का २१ वर्षीय विवेक ऐडी रहेका छन् । जिल्ला प्रहरीले विभिन्न शीर्षकमा बैंक खातामार्फत ५५ दिनको ५८ हजार तलब दिइएकोमा म्यादीले चित्ता नबुझेको भन्दै आन्दोलन गरेका थिए ।

शुक्रबार बिदाइ गर्नुअघि जिप्रकाले सेवा सुविधासम्बन्धी जानकारी गराएपछि रकम कम भएको भन्दै उनीहरुले नाराबाजीसहित आन्दोलनमा उत्रेका थिए । म्यादी प्रहरीले आफूहरुले पाउने सुविधा कम भएको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

प्रकाशित : 22 December, 2017

प्रतिक्रिया दिनुहोस्