कालिकोटमा प्रदर्शन थप चर्कियो, कर्फ्यु घोषणा
कालिकोट । कालिकोटमा शुक्रवार प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी विवेक ऐडीका आफन्त र स्थानीयबासिन्दाले प्रदर्शन चर्काएपछि कालिकोटमा कर्फ्यु घोषणा गरिएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गर्दै बिहानैदेखि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।
घटनाको विरोधमा शनिबार विहानैबाट स्थानीयवासीसहित म्यादी प्रहरीले प्रदर्शन गरेसंगै कालिकोटमा तनाग्रस्त भएको हो । प्रदर्शन चर्किदै गएपछि अवस्था नियन्त्रणबाहिर जान नदिन आज दिउँसो ४ बजेदेखि भोलि बिहानसम्म कर्फ्यु घोषणा गरेको स्थानीय प्रशासनले जनाएको छ ।
कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध
कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध भएको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्ना पनि दिइरहेका छन्। मृत्तक ऐडीको शब जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । मृत्तकका आफन्तले शब बुझ्न नमानेपछि क्षेत्रीय प्रशासक सुरेश प्रधानसहित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, क्षेत्रीय प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको क्षेत्रीय प्रमुखबीच छलफल भइरहेको छ ।