डा. भोला रिजालको अगुवाईमा डा. उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामनासहित पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्ज्वलन
काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटा अचानक विरामी परेपछि बेलायतमा उपचाररत डा. देवकोटालाई पित्त्तथैली सम्बन्धी क्यान्सर भएको छ । वरिष्ठ न्यूरोसर्जन डा. देवकोटाको स्वास्थ्यको कामनासहित नेपालमा आईतवार चिकित्सकहरूले पशुपति मन्दिर अगाडि आइतबार दीप प्रज्वलन गरेका छन् । ६३ वर्षीया डा. देवकोटा एसियाकै अब्बल न्युरो सर्जनका रुपमा प्रख्यात छन् ।
आईतवार पशुपतिनाथ मन्दिर परिसरमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल तथा उनकी पत्नी सरला रिजालको अगुवाइमा र अन्य चिकित्सकहरुको उपस्थितिमा दीप प्रज्ज्वलन गरिएको थियो । डा. देवकोटा मंसिर १० गतेको निर्वाचनको समयमा गोरखामा पुगेर भाषण समेत गरेका थिए । सोहि बखत डा. देवकोटालाई जन्डिसको लक्षण देखिन थालेको पारिवारिक स्रोतले बताएको छ ।
डा. देवकोटाको पित्तथैली र प्याङक्रियाजको छेउमा समस्या देखिएपछि बेलायतस्थित किङ्स कलेज हस्पिटलमा उपचार भइरहेको डा. भोला रिजालले बताए । बेलायतमा उपचारत डा. देवकोटालाई छिट्टै निको होस भन्ने कामनासहित भगवान पशुपतिनाथसँग प्रार्थना स्वरुप दीप प्रज्वलनमा सरि भएको डा. रिजालको भनाई छ ।