केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिलिपिन्समा बस दुर्घटना, २० जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । उत्तरी फिलिपिन्समा  सोमबार क्रिसमस पर्व मनाउन गइरहेको बस  दुर्घटना भएको छ ।

क्रिसमस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० जना रहेको सो बस विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा सो दुर्घटना भएको हो । यस घटनामा ज्यान गुमाउनेमा ६ बालबालिकासमेत रहेका छन । सानो बसका नौजना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारीमा जनाइएको छ ।

फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको बताइएको छ ।

प्रकाशित : 25 December, 2017

प्रतिक्रिया दिनुहोस्