केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाशुपत क्षेत्र वरपर सवारी प्रवेशमा रोक

सहयात्रा टिभी

काठमाडौं । हिन्दु धर्मावलम्विहरुको आस्थाको केन्द्र तथा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुले आजदेखि आफ्नो सवारी मन्दिर परिसर भित्र लैजान नपाउने भएका छन् । पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली) देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको हो । चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो । जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ । वनकाली चौरबाट पशुपतिनाथको मन्दिरको दूरी ४०० मिटर टाढा छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो ।

कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छ्रैन ।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले तीर्थयात्रीलाई आवागमन गर्न सहज होस् भन्ने उद्देश्यले कोषले महाशाखासँग छलफल गरेर सवारीसाधन प्रवेश निषेध क्षेत्र घोषणा गरेको जानकारी दिए । “वार्षिक ९० लाखदेखि रु एक करोडको हाराहारीमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी तीर्थयात्रीले सहजरुपमा दर्शन गरुन् भन्ने उद्देश्यले मन्दिर परिसरभित्र सवारीसाधन रोक लगाईएको हो ।

प्रकाशित : 26 December, 2017

प्रतिक्रिया दिनुहोस्