केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८० हजारमा लाइसेन्स वेच्ने सुकेधारा कार्यालयका प्रमुखसहित ३ जना विभागमा तानिए

सहयात्रा टिभी

काठमाडौं । यातायात व्यवस्था विभागको सुकेधारास्थित लाइसेन्स कार्यालयमा केही दिन अघि घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ परेका कार्यालयका प्रमुखसहित ३ कर्मचारीलाई विभागमा तानिएको छ । कार्यालय प्रमुख सुन्दरप्रसाद भट्टराई र शाखा अधिकृत यमलाल ढकाल विभागमा तानिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभागमा तानेर उनीहरुमाथि थप अनुसनधान गर्न अख्तियार दुरुपोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णय भएको छ । विदेशी लाइसेन्स नेपालीकरणका नाममा चरम लापरवाही गर्दै आर्थिक अनियमिताता गरेको भन्दै उनीहरुलाई विभागमा तानेर थप अनुसन्धानका लागि सिफारिस गरिएको विभागले जनाएको छ ।

प्रकाशित : 27 December, 2017

प्रतिक्रिया दिनुहोस्