केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युएई र साउदीले २०१८ देखि कामदारसंग ५ प्रतिशत कर लिने, लाखौं कामदार प्रभावित

सहयात्रा टिभी

दुवई । युनाईटेड अवर इमिरेट्स र साउदी अरबले अब कामदारबाट अनिवार्य टयाक्स लिने भएका छन् । अहिलेसम्म कामदारले कमाएको रकममा ट्याक्स नलिएको युनाईटेड अवर इमिरेट्स र साउदी अरबले सन् २०१८ देखि कामदारको माईको ५ प्रतिशत लिने भएको छ । जसका कारण नेपाल लगायतका मुलुकबाट गएका लाखौं कामदार प्रभावित हुने भएका छन् ।

सरकारको घट्दो कमाईका कारण साउदी र युएइले आफ्नो देशमा २०१८ देखि ुभ्यालु एडेड ट्याक्सु प्रणालीको सुरुवात गर्न लागेका छन् । यी दुवै देशका सरकारले नयाँ सालमा भ्याटमार्फत खाद्य सामग्री, कपडा, इलेक्ट्रोनिक ग्यासोलिन, फोन, बिजुली र पानी आपूर्तिसहित होटल जस्ता उत्पादन र सेवामा कम्तिमा पनि ५ प्रतिशत कर लगाउने निर्णय गरेका छन् ।

नेपालीको रोजगारीका लागि आकर्षक गन्तव्य युएई बढी रेमिट्यान्स पठाउने देशको सूचीमा छैठौं नम्बरमा थियो । युएइबाट गत आर्थिक वर्ष ५२ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको । युनाईटेड अवर इमिरेट्स र साउदी अरबले कर बढाउने निर्णय गरेसगै रेमिट्यान्समा असर पर्ने देखिएको छ ।

प्रकाशित : 28 December, 2017

प्रतिक्रिया दिनुहोस्