बाघको हड्डीसहित तीन पक्राउ

सहयात्रा टिभी

दाङ । दाङमा शुक्रवार बाघको हड्डी सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नम्बर –४ हापुरेबाट स्थानीय पूर्णबहादुर हमाल, काशीराम बिक र सल्यान त्रिवेणीका चन्द्रबहादुर वली रहेको प्रहरीले जनाएको छ ।

बाँके जिल्लाबाट आएको सादा पोसाकका क्षेत्रीय व्यूरो टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ गरेको हड्डी सल्यानबाट दाङ ल्याइएको हो कि दाङबाट सल्यान लैजान खोजिएको हो? भन्ने एकिन अनुसन्धानपछि गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्