केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभा अब एकल संक्रमणीय प्रणालीबाट गठन हुने, के हो एकल संक्रमणीय मतप्रणाली ?

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय सभा अब एकल संक्रमणीय प्रणालीबाट गठन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसंगै राष्ट्रिय सभा अब एकल संक्रमणीय प्रणालीबाट गठन हुने भएको छ । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणिकरण गर्नुभएको हो ।
यससँगै अब राष्ट्रियसभा गठनको बाटो खुलेको छ भने दलहरुबिच लामो समयदेखि चलिरहेको राष्ट्रियसभा कि प्रतिनिधिसभाको गठन पहिले भन्ने विवाद पनि टुंगिएको छ ।

के हो एकल संक्रमणीय मतप्रणाली ?
एकल संक्रमणीय मतप्रणालीमा मतदाताहरुले निवार्चित हुने सदस्यको संख्या अनुसार उम्मेदवारहरुलाई क्रमश प्राथमिकताका आधारमा मत दिन्छन् । यो प्रणाली विक्रम सम्वत् २०४७ सालको संविधानपछि माथिल्लो सदनको चुनावका लागि नेपालले अभ्यास गरिसकेको छ । अहिले पनि माथिल्लो सदन राष्ट्रियसभामा अपनाउन प्रस्ताव गरिएको उक्त प्रणालीका लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्य गरी २ हजार ५६ जना मतदाता हुनेछन् ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख प्रत्येकको मतभार १८ छ । प्रदेशसभाका सदस्यको चाहिँ ४८ छ ।

एकल संक्रमणीय मतप्रणालीले कसरी काम गर्छ ?
उदाहरणका लागि तीन जना चयन गर्नुपर्ने हो भने उम्मेदवारहरुमध्ये तीन जनालाई नै मतदाताहरुले १, २ र ३ गरी प्राथमिकताका आधारमा मत खसाल्छन् । निवार्चित हुनका लागि निश्चित मतसंख्या अर्थात् कोटा तोकिन्छ । त्यसका लागि यस्तो सूत्र प्रयोग गरिन्छ ।

प्रत्येक प्रदेशबाट निवार्चित गर्दा तीन जना महिला, एक दलित र अर्का एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक हुनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्