अन्ततः राष्ट्रपतिद्वारा राष्ट्रसभासम्बन्धी अध्यादेश प्रमाणीकरण

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेबी भण्डारीबीचको भेटवार्तापछि राष्ट्रपतिले  अध्यादेश प्रमाणीकरण गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले सो अध्यादेशमा राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफल गर्नु भएको थियो ।  संविधानमा रााष्ट्रियसभा निर्वाचनका लागि स्थानीय निकायअन्तर्गतका नगरपालिकाका प्रमुखरउपप्रमुख, गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डलको व्यवस्था रहेको छ ।

सरकारले गत कात्तिकको पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको सो अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा रहेको थियो । सो अध्यादेशको अभावमा रााष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । निर्वाचन आयोगलाई राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो परेको थियो ।

 

 

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्