सच्चिन तयार नभए देशब्यापी आन्दोलन गर्छाै : नेविसंघ
सहयात्रा टिभी
काठमाडौ । नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्टविरुद्ध नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । नेविसंघले काठमाडौंको बालाजुमा रहेको ग्यास उद्योगले नेपाल ग्यासको क्षमता विस्तारमा सच्चिनुपर्ने भन्दै शुक्रबार बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वारमा विरोध प्रदर्शन गरेको हो ।
जनताको जीवनसँग जोडिएको विषयमा नेविसंघ सधैं स्थानीयसँगै रहेको भन्दै नेविसंघले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने, त्यसपछि अल्टिमेटम दिने र त्यतिले पनि नभए सडक संघर्ष गर्ने नेविसंघ एनआर क्याम्पस अध्यक्ष परोपकार अधिकारीले जानकारी दिनु भयो ।
नेविसंघले यसै विषयमा सरोकारवालाहरुसँग मिलेर काम गर्ने र सच्चिन तयार नभए देशब्यापी आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।