केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सच्चिन तयार नभए देशब्यापी आन्दोलन गर्छाै : नेविसंघ

सहयात्रा टिभी

काठमाडौ । नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्टविरुद्ध नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । नेविसंघले काठमाडौंको बालाजुमा रहेको  ग्यास उद्योगले नेपाल ग्यासको क्षमता विस्तारमा सच्चिनुपर्ने भन्दै शुक्रबार बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वारमा  विरोध प्रदर्शन गरेको हो ।

जनताको जीवनसँग जोडिएको विषयमा नेविसंघ सधैं स्थानीयसँगै रहेको भन्दै नेविसंघले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने, त्यसपछि अल्टिमेटम दिने र त्यतिले पनि नभए सडक संघर्ष गर्ने नेविसंघ एनआर क्याम्पस अध्यक्ष परोपकार अधिकारीले जानकारी दिनु भयो ।

नेविसंघले यसै विषयमा सरोकारवालाहरुसँग मिलेर काम गर्ने र सच्चिन तयार नभए देशब्यापी आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।

 

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्