केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समानुपातिक नामावलीमाथी शनिवारबाट छानविन

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले शनिवारवाट प्रदेशसभाको समानुपातिकतर्फका १३ वटा राजनीतिक दलहरुबाट सांसदहरुको सूची बुझेको ती नामावलीमाथी छानबिन थाल्ने भएको छ । समानुपातिकतर्फको सात प्रदेशमा कुल २२० सिटमा दलहरुले आफूले पाएको सिट अनुसार शुक्रवार साँझको समयसीमाभित्र आफ्ना सांसदका सूचिहरु बुझाएका छन् ।

दलहरुले प्रदेशसभामा प्रतिनिधित्व गर्ने कूल सदस्य संख्याको ३३ प्रतिशत महिला हुनु पर्ने र दलित, आदिवासी, जनजाति, खस आर्य र अपाङ्गता भएका व्यक्ति जस्ता समावेशी समूहको प्रतिनिधित्व हुने गरी सांसदको सूची पेश गर्नु पर्ने कानुनी व्यवस्था छ । प्रदेशसभा समानुपातिकमा नेकपा एमालेले ७५, नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टी नेपालले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले क्रमश तीन, तीन र राष्ट्रिय जनमोर्चाले दुई सिट जितेका छन् ।

त्यस्तै, नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक, एक सिट जितेका छन् ।

प्रकाशित : 30 December, 2017

प्रतिक्रिया दिनुहोस्