केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्न कम्तिमा दुई महिना पर्खनैपर्ने

सहयात्रा टिभी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सकिएको झण्डै एक महिना वित्न लाग्दासम्म नयाँ सरकार गठन प्रक्रियाबारेको अन्योल कायमै छ । यसअघि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको कारण नयाँ सरकार गठनको प्रक्रिया रोकिएको थियो भने शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसंगै उक्त विवाद हल भएको छ । तर राष्ट्रियसभा गठन पहिले कि नयाँ सरकार गठन पहिले भन्ने अर्को विवादले नयाँ सरकार गठन प्रक्रिया अन्योल बढाएको हो ।

प्रधानमन्त्रीको दावेदार एमाले अध्यक्ष केपी शर्मा ओली आफूलाई सरकारको नेतृत्व गर्न नदिन देशी विदेशी तत्वले षडयन्त्र गरिरहेको दावी गर्नुहुन्छ । निर्वाचन आयोगले भने राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्न प्रस्ताव गरेको छ ।
कांग्रेसको तर्क अनुसार पहिले राष्ट्रियसभाको चुनाव हुनुपर्ने पक्षमा निर्वाचन आयोग पनि रहेको छ । आयोगले राष्ट्रियसभा चुनावपछि मात्र समानुपातिकतर्फ दलहरुले पाएको सिट संख्या सार्वजनिक गर्ने सम्भावना देखिन्छ । आयोगले मतपरिणाम सार्वजनिक गरेको एक महिनाभित्र नयाँ सरकार गठन हुने संवैधानिक व्यवस्था भए बमोजिम नयां सरकार गठन गर्नका लागि कम्तिमा दुई महिना लाग्ने देखिन्छ ।

प्रकाशित : 30 December, 2017

प्रतिक्रिया दिनुहोस्