श्रीमतीद्धारा श्रीमानको हत्या

गोरखा । गोरखामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । गोरखा भीमसेन गाउँपालिका वडा नम्बर ८ बोर्लाङ निवासी ६५ वर्षीया हिरादेवी श्रेष्ठले श्रीमानको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमै पिर्का प्रहार गरी ६७ वर्षीय श्रीमान केयरमान श्रेष्ठको हत्या गरेलगत्तै प्रहरी चौकी पुगेर हिरादेवीले आत्मसमर्पण गरेकी हुन ।
घरायसी झगडा भएको र आवेशमा आएर श्रीमानको हत्या गरेको बयान हिरादेवीले दिएकी छन ।