केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोग र एमालेको नेताविच टकराव

सहयात्रा टिभी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्दासमेत निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको छैन । आयोगले परिणाम सार्वजनिक नगरेपछि रुष्ट बनेका एमाले नेता र आयोग पदाधिकारीबीच सार्वजनिक रुपमै भनाभन सुरु भएको छ । आयोगले राष्ट्रियसभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक गर्ने अडान लिएपछि एमाले नेताहरू रुष्ट बनेका हुन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र एमाले नेता सुवास नेम्बाङबीच भनाभन चल्यो । खासगरी समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने विषयलाई लिएर उनीहरूविच भनाभन भएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभा चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने बताउदै आएका यादवले कानुन नबुझेका एमाले नेताहरूले आयोगमाथि आरोप लगाएका छन् ।

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्