धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारमा धर्ना
सहयात्रा टिभी
काठमाडौ । आज धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिएका छन ।
धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग सहित भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै उनीहरुले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् ।
आज संकलित ७ लाख भन्दा बढी हस्ताक्षर भोलि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम रहेको कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।