राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्छ : नेम्बाङ

सहयात्रा टिभी

काठमाडौ । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताउनु भएको छ ।

निर्वाचन आयोगप्रति निकै आक्रामक देखिनु भएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गर्नु भयो । झापाको दमकमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्नेमा जोड दिनु भयो।

इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राख्नु भयो।राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो ।

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्