रुद्रप्रिया’: ३ दिनमा साढे ९ लाख ’भ्यू’, युट्युबमा हिट !

काठमाडौ । नायिका रेखा थापा र नायक आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ युट्युबमा आइसकेको छ । ३ दिन अगाडि इन्टरनेटमा रिलिज भएको यो फिल्म ९ लाख ८० हजारभन्दा बढीले हेरीसकेका छन ।
झन्डै ८ वर्षपछि पर्दामा फर्किएको यो जोडीको फिल्म असफल हुन्छ भन्ने सायदै कसैले कल्पना गरेका थिएनन् । तर, फिल्म हलमा लागेको र उत्रिएको निर्माता स्वयंले पत्तो पाएनन् । फिल्मले दर्शकबाट युट्युबमा मिश्रित प्रतिक्रिया पाएको छ । ३ दिनमा फिल्मले साढे ९ लाखभन्दा बढी ’भ्यू’ पाउनु भनेको युट्युबमा ‘रुद्रप्रिया’ हिट भएको छ ।
फिल्ममा सुदिप बबी भूपाल सिंह निर्दे्शित यो फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।