केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सहयात्रा टिभी

काठमाडौं । नेपाल आयल निगमले पुनः इन्धनको मुल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएको हो । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९÷७९ रुपैयाँ, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० रुपैयाँ कायम गरिएको छ । भारतीय आयल निगमले आज नयाँ मूल्यसूचि पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । तराईमा भने यो मुल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्ने निगमको भनाई छ । । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।

प्रकाशित : 2 January, 2018

प्रतिक्रिया दिनुहोस्