राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न अन्य दलसंग छलफल थाल्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचन सम्वन्धि अध्यादेश आएको पांच दिनपछि निर्वाचनको मिति तोक्ने विषयमा अन्य दलसग छलफल थाल्ने निर्णय गरेको छ । निर्वाचनबाट बहुमत लिएर आएका दलले चाडो छलफल गरेर टुंगो पुर्याउन आग्रह गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको कांग्रेसका शीर्ष नेताको बैठकले चुनावको मिति तथा प्रदेश प्रमुखको नियुक्तिको विषयमा ५ वटै राष्ट्रिय दलसँग छलफल गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभाको निर्वाचन गर्न आवश्यक वातावरण बनाउने सम्बन्धमा अन्यदलसँग समेत समझदारी गर्ने विषयमा छलफल भएको नेता प्रकाशमान श्रेष्ठले जानकारी दिनुभयो । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतका राजधानीमा उपलब्ध नेताहरुको सहभागिता रहेको थियो ।