केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण कोरियाले उत्तर कोरियासँग राख्यो उच्चस्तरीय वार्ताको प्रस्ताव

सहयात्रा टिभी

एजेन्सी । शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गरेको छ ।

यही जनवरी ९ का लागि उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले प्रस्ताव गरेको हो । नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको जनाएपछि दक्षिणले यो प्रस्ताव गरेको हो ।

किमले शीतकालीन ओलम्पिकमा आफ्नो देशको सहभागिताका बारेमा सोचिरहेको पनि बताएका थिए ।

प्रकाशित : 2 January, 2018

प्रतिक्रिया दिनुहोस्