राष्ट्रिय महिला फुटबल लिगमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी

सहयात्रा टिभी

काठमाडौं । १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपको बुधबार भएको खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् । आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १२–० को फराकिलो अन्तरले हराएको हो । आर्मीका सपना लामाले ५ र सर्मिला थापाले ४ गोल गरे । दोस्रो खेलमा शसस्त्र प्रहरीको एपिएफले मध्यमाञ्चल विकास क्षेत्रको टिमलाई १४–० ले हरायो भने सशस्त्रका लागि सावित्रा भण्डारीले ८ गोल गरिन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा रेखा पौडेल र अनिता केशरीले मात्र २÷२ गोल गरे ।

प्रकाशित : 3 January, 2018

प्रतिक्रिया दिनुहोस्