केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भ्यानले ठक्कर दिदां ३ महिने शिशुको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं र भक्तपुरमा बुधबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको पाण्डुबजार सुन्दरबस्तिमा भ्यानले ठक्कर दिँदा ३ महिनाकी बालिकाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

बा १० च ४९ २९ नम्बरको भ्यानले ११ वर्षकी लक्ष्मी तामाङलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करले लक्ष्मीले बोकेकी ३ महिनाकी उनकी बहिनी खसेर घाइते भएकी थिइन् । तिनै बालिकाको उपचारका क्रममा सिद्धी स्मृति अस्पताल भक्तपुरमा ज्यान गएको हो ।

यस्तै, काठमाडौंको नयाँ बसपार्कमा मोटरसाइकलले ठक्कर दिँदा लमजुङ्गको पुरानोकोट–४ का प्रेमबहादुर गुरुङको मृत्यु भएको हो । बुधबार राति ११ बजेतिर बा ८४ प ६०१५ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : 4 January, 2018

प्रतिक्रिया दिनुहोस्