दुई वटा पेस्तोलसहित पेरिसडाँडावाट एक जना पक्राउ

काठमाडौं । काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका सुवास कार्की रहेका छन् । महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।