केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सावधान ! जाडोमा हुन्छ हाइपोथर्मियाको समस्या, यसो गर्नुस्

सहयात्रा टिभी

काठमाडौं । मानव शरीरमा धेरै वा कम तापमानमा आफूलाई सन्तुलित राख्ने क्षमता हुन्छ । तर, केही कारण त्यो क्षमतामा ह्रास आउँछ वा बाहिरको तापमान घट्दछ । जसले गर्दा शरीरको तापमान सन्तुलित रहन पाउदैन ।

शरीरको तापमान ३४ देखि ३५ डिग्रीसम्म घट्छ । जसकारण जाडोमा हाइपोथर्मिया हुने खतरा बढ्छ । साधारण भाषामा यसलाई चिसो लागेको भनिन्छ । बिरामीको हातगोडा चिसो हुन्छ, काम गर्न सकिदैन र पेटमा असह्य पीडा हुनथाल्छ । हाइपोथर्मियाको खतरा सबैभन्दा धेरै ससाना बच्चा तथा बुढाबुढीहरुमा हुन्छ । यसमा उनिहरुको शरीर नीला हुनथाल्छ । हाइपोथर्मिया ज्यानजोखिममूलक पनि हुन्छ ।  खाली पेटमा हाइपोथर्मियाको सम्भावना बढी हुन्छ ।

शरीरको तापमान यदी ९५  डिग्रीभन्दा कम भयो भने शरीरमा पर्याप्त गर्मी नहुँदा हाइपोथर्मिया हुने सम्भावना हुन्छ । यो बिमारीमा बिरामीको स्वर नै मधुरो हुनुका साथै निद्रा लाग्ने हुन्छ । शरीर काप्न लाग्छ । हात-गोडा जकडिएको महसुस हुन्छ । दिमाग शरीरको नियन्त्रणबाहिर हुन्छ ।

हाइपोथर्मियाको बिरामीको सबैभन्दा पहिला न्यानो कपडाले ढाक्नुपर्छ । हिटर वा आगोको नजिकै बिरामीलाई राख्नु हुँदैन । हाइपोथर्मियाको बिरामीलाई डाक्टरको सल्लाबिना कुनै औषधी नदिनुहोला ।

जाडो मौसममा मदिरा पिउदा अचानक गर्मी हुनथाल्छ । यो हाइपोथर्मियाका लागि खतरनाक हुन्छ । जाडो लागेपछि हृदयको गति सामान्यभन्दा बढ्न थाल्छ । यस्तो स्थितिमा मांसपेशिहरु तापमानको तह सन्तुलित राख्न शक्ति निकाल्छन् । मदिरा पिउनाले हात-गोडाको नसामा फैलन्छ जसले रक्तसञ्चारलाई प्रभावित गर्छ । हात-गोडा चिसो हुन्छ तर गर्मी भएको भान हुन्छ ।

सर्दिमा आफ्नो ख्याल नराख्दा रुघाखोकी तथा टाउको दुख्जे समस्या हुन्छ । यी कुराहरुबाट बच्नका लागि चिसो कुराहरु खानु हुँदैन । खोकीका लागि नुन पानीले कुल्ला गर्नु उपयुक्त हुन्छ । जाडोको हावामा टाउको नढाक्नाले टाउको दुख्ने समस्या हुन्छ ।

जाडोमा स्वाशप्रश्वासमा समस्या हुन्छ । दमका रोगीलाई जाडोमा निकै गाह्रो हुन्छ ।

सर्दी बढेर कफ वा अन्य कारणहरुले गर्दा मुटुमा पनि समस्या हुन सक्छ । जोर्नी दुखाइबाट बच्नका लागि हरेक दिन मालिस वा व्यायाम गर्नु लाभदायी हुन्छ । बाहिरभन्दा घरमै खाना खानु उपयुक्त हुन्छ । नवभारतटाइम्सको अनलाइन संस्करणबाट भावानुवाद गरिएको 

प्रकाशित : 5 January, 2018

प्रतिक्रिया दिनुहोस्