डिडिसिमा ९९ जना कर्मचारी माग, अधिकृतदेखि फोरम्यानसम्म माग

सहयात्रा टिभी

काठमाडौं । दूग्ध विकास संस्थान (डिडिसि)ले ९९ जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ ।

खुल्ला प्रतियोगात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नका लागि अधिकृत स्तरमा ५ जना र  सहायक स्तरमा ३१ जना माग गरेको छ । त्यस्तै आन्तरिक प्रतियोगात्मक परीक्षाद्वारा पदपूर्ति गर्न २३ जना कर्मचारी माग गरेको छ भने बढुवा फारामका लागि ३० जना कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

संस्थानले सहायक स्तरमा सुपरभाइजर (तह ५) ४ जना,  माग गरेको छ। यस्तै लेखापाल (तह ५) मा २ जना,  वरिष्ठ प्रशासन सहायक (तह ५) मा ४ जना जनशक्ति माग गरेको छ।

पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार टेक्निकल असिस्टेन्ट (तह ५) मा ४ जना, प्रशासन सहायक(तह ५) मा ४ जना, नायब लेखापाल (तह ४) १ जना कर्मचारी माग गरेको छ।

परीक्षा दस्तुर बापत अधिकृत स्तरका लागि शुल्क १००० रुपैयाँ लाग्नेछ। सहायक स्तरका लागि ५०० रुपैयाँ लाग्नेछ।

प्रकाशित : 5 January, 2018

प्रतिक्रिया दिनुहोस्