जनताको आर्थिक अवस्था परिवर्तन नभए अब मुलुक असफल हुन्छः पुष्पकमल दाहाल

सहयात्रा टिभी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ५ वर्षमा जनताको आर्थिक अवस्था परिवर्तन गर्न नसके मुलुक असफल हुन बताउनु भएको छ ।

चितवनको भरतपुर उद्योग वाणिज्य संघको नवौ अधिवेसनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अबको आर्थिक विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिनु भयो । उहाले देश आर्थिक युगको चरणमा प्रवेश गरेको बताउँदै अबको पाँच वर्ष द्रुतरुपमा काम गरेर नयाँ युग आएको अनुभूति नागरिकलाई दिलाउनुपर्ने धारणा राख्नु भयो ।

आगामी दशकहरु नेपालको समृद्धिको दशक बन्ने उहाको भनाइ थियो ।  दाहालले चितवन केन्द्र र प्रदेशको राजधानी बन्नसक्ने सम्भावना रहेपनि आर्थिक राजधानी भने बनेरै छाड्नेबताउनु भयो। उहाले चितवनलाई आर्थिक विकासको राजधानी बनाउन कसैले रोकेर नरोकिने जिकिर गर्नु भयो।

कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, औद्योगिक क्षेत्र व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष नन्दकिशोर बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : 5 January, 2018

प्रतिक्रिया दिनुहोस्