केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माघ २४ मा राष्ट्रियसभा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

सहयात्रा टिभी

काठमाडौं । सरकारले राष्ट्रियसभा चुनावको मिति माघ २४ गतेलाई तोकेको छ । शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रियसभा सदस्य पदका लागि माघ २४ गते चुनाव गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याणमन्त्री अम्बिका बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने बारे पनि छलफल भएको छ । समायावधि कति थप्ने भन्नेबारे भने आगामी सोमबार बस्ने मन्त्रिपिरषदको बैठकले निर्णय गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । तर, महिला बालबालिका तथा समाज कल्याणमन्त्री अम्बिका बस्नेतले भने एक वर्ष म्याद थप गर्ने निर्णय भएको बताउनु भयो ।

सत्ता हस्तान्तरणका लागि छिटो राष्ट्रियसभा चुनावको मिति तोक्न वाम गठबन्धनले आग्रह गरिरहेका बेला सरकारले एक महिनाभन्दा बढीको सयम राखेर चुनावको मिति घोषणा गरेको छ ।

प्रकाशित : 5 January, 2018

प्रतिक्रिया दिनुहोस्