जनमतको अवमुल्यन नगरौं : एमाले सचिव ज्ञवाली
सहयात्रा टिभी
पोखरा । एमाले सचिव प्रदिप ज्ञवालीले सरकारले जनमतको अवमुल्यन गरेको आरोप लगाउनुभएको छ । पोखरामा आज विहान आयोजित पत्रकार भेटघाटमा सचिव ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन सरकारसमक्ष आग्रह गर्नुभयो ।
नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्पmको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड समेत दिनुभयो ।