बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय

बिहार। भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ । पूर्व मुख्यमन्त्री यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल सजाय सुनाएको हो । पूर्व मुख्यमन्त्री यादवले पशु दाना खरिदमा घोटाला गरेको भन्दै १५ दिनअघि अदालतले दोषि ठहर गरेपछि प्रहरीले पक्रेर उनलाई राँचीको जेलमा राखेको थियो भने सजाय भने आज सुनाइएको हो ।
यादवले सन् १९९१ देखि १९९४ बीच देवघर राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ घोटाला गरेको विशेष अदालतको ठहर छ । चारा घोटालाका नामले परिचित यो घटनामा यादवसँगै अरु १५ जनालाई पनि दोषि ठहर गरिएको छ । दोषि ठहर हुनेमा दुई पूर्व मन्त्री पनि छन् । लालु यादवलाई ५ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।