अन्तरिक्षयात्राी जन योङ्गको निधन

सहयात्रा टिभी

एजेन्सी । पहिलो अन्तरिक्ष कार्यक्रमको नेतृत्व गरेका तथा चन्द्रमामा हिँडेका अमेरिकी अन्तरिक्षयात्री जन योङ्गको ८७ वर्षको उमेरमा निधन भएको छ । हालसम्मै सार्वा्धिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा सहभागिता जनाएका थिए। उनले ६ पटक अन्तरिक्षको भ्रमण गरेका थिए।

सन् २००४ मा अवकाश लिनुअघि योङ्गले अमेरिकी अन्तरिक्ष संस्था नासामा ४२ वर्ष काम गरेका थिए। जेमिनि, एपोलो र अन्तरिक्षयान कार्यक्रम अन्तर्गत काम गर्ने उनी एकमात्र व्यक्ति थिए। सन् १९३० मा सान फ्रान्सिस्कोमा जन्मिएका योङ्गले जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एइरोनोटिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए र त्यसपछि अमेरिकी नौसेनामा परीक्षण पाइलटका रुपमा काम गरेका थिए। सन् १९६२ मा नासामा अन्तरिक्षयात्रीको जागिर शुरू गरेका उनी सबैभन्दा पहिले सन् १९६५ मा जेमीनी थ्री मिशन अन्तर्गत अन्तरिक्षमा गएका थिए।

सन् १९६९ को मे महिनामा चन्द्रमाका लागि उडेको अन्तरिक्ष तयारी मिशन एपोलो टेनमा पनि उनी सहभागी थिए ।

प्रकाशित : 7 January, 2018

प्रतिक्रिया दिनुहोस्