केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले-माओवादी एकता संयोजन समिति बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको एकता संयोजन समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक स्थगित भएको हो।

चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण चितवनमा नै रोकिएका छन् । उनी काठमाडौं आएपछि राजनीतिक भेटघाट हुने सम्भावना छ । एमाले अध्यक्ष ओली आगामी २६ गते उपचारका लागि थाइल्यान्ड जाँदैछन् । त्यसअघि एकताका एजेन्डा तय गर्ने तयारीमा नेताहरू रहेको स्रोतले जनाएको छ । पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन्। समितिमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइरहदा एमाले(माओवादी एकता प्रक्रिया पनि झनै लम्बिने देखिएको छ ।

प्रकाशित : 7 January, 2018

प्रतिक्रिया दिनुहोस्