केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओम र नमस्ते ग्यास सुरक्षित छैनन् : नापतौल विभाग

सहयात्रा टिभी

काठमाडौं । धादिङका २ वटा ग्यास उद्योगले सुरक्षा मापदण्ड पूरा नगरेको पाइएपछि गुणस्तर तथा नापतौल विभागले दुई ग्यास उद्योग सिल गरेको छ । गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा ओम र नमस्ते ग्यास उद्योगले नेपाल गुणस्तर चिन्ह नलिएको तथा ग्यास सिलिन्डरको सुरक्षामा खेलवाड गरेको पाइएको गुणस्तर तथा नापतौल विभागले ति दुइ ग्याँसलाई सिल गरेको बताएको छ ।

ओम र नमस्ते ग्यास उद्योगमा नेपाल गुणस्तर चिन्ह नलिएको, उद्योगमा ग्यास सिलिन्डरको तौल जाँच नगरेको, हाइड्रोलिक र भल्व परीक्षण नगरी रंग लगाएर सिलिन्डर नयाँ देखाएको लगायतका कमजोरी देखिएपछि ति उद्योगमा ३ दिनसम्म ग्यास भर्न बन्देज लगाइएको छ । ३ दिनभित्र उद्योगले ग्यास सिलिन्डरको सुरक्षा र मापदण्डसम्बन्धी सबै कागजातसहित विभागमा बुझाएर आवश्यक सुरक्षा प्रणाली अपनाएर मात्रै ग्यास भर्न विभागले भनेको छ ।

ग्यास सिलिण्डर पड्किने क्रम बढेसँगै विभागले गएको शुक्रबारदेखि देशैभरीका ग्यास उद्योगमा अनुगमन सुरु गरेको छ । टेम्पोमा ग्यास भर्नेसहित देशभर ५७ वटा ग्यास उद्योग भए पनि ४ वटाले मात्रै नेपाल गुणस्तर चिन्ह लिएका छन् । रेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ ।

प्रकाशित : 7 January, 2018

प्रतिक्रिया दिनुहोस्