प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च : पाँच अर्ब
सहयात्रा टिभी
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार पुस २१ गतेसम्म कुल बजेटको ५७।९६ प्रतिशत रकम खर्च भएको जनाएको छ । कुल ७७ जिल्लामा निकासा भएको रकम चार अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रहेकोमा आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा ७६ करोड छ लाख ७८ हजार ६९१ खर्च भएको जनाइएको छ ।
आयोगसँग अव ४ अर्ब सात करोड ७८ लाख ५२ हजार ७०० रकम बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न सकिने आयोगले भनेको छ ।