ट्राफिक प्रहरीको नयाँ अभियान सुरु

ललितपुर । जेब्रा क्रसीङबाट सडक दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरीले पैदल यात्रुलाई समूहमा बाटो काट्ने नयाँ अभियान सरु गरेको छ ।
प्रमुख हाईवेमा बाटो काट्नका लागि जेब्राक्रसिङमा ट्राफिक लाइंटको अनिवार्य व्यवस्था हुनपछं । तर हाल उपत्याका लगायत उपत्यका बाहिर त्यस्तो व्यवस्था नभएको हुँदा ट्राफिक प्रहरीले सो व्यवस्था नभएसम्म समूहमा बाटो काट्ने अभियान लागू गर्न लागेको हो ।
यो अभियान सोमबारबाट ललितपुरमा प्रक्रिया शुरु गरिएको ललितपुर ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
विकसित देशमा जस्तो नेपालमा जेब्राक्रसिङमा ट्राफिक लाइटको व्यवस्था नभएकोले सवारीसाधन र पैदलयात्रुले आ–आफ्नो पालो पर्खेर बाटो काट्ने अवस्था नरहेको ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु बताउनुहुन्छ । व्यस्त शहरमा सवैलाई हतार हुन्छ ‘, सवारी चालकदेखि पैदलयात्रु सबैलाई म नै अगाडि जाउँ भन्ने हतारो छ । यस्तो अवस्थामा पछिल्लो समय दुर्घटनाको संख्या बढेको भन्दै पैदलयात्रुको सुरक्षा तथा दुर्घटना न्यूनिकरणका लागि यो नयाँ अभियान सुरु गरेकोे हाछेथुले बताउनुभयो ।
पिक आवरमा ललितपुरको मुख्य सडकमा एक स्थानमा एक मिनेटमा १ सय ३ वटा सवारी गुड्ने गरेका छन् । यस्तो बेला एक–एक जना गरी बाटो काट्दा ट्राफिक जामको समस्या पनि देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
मनलाग्दी बाटो क्रस गर्ने र एक जनाले बाटो काट्दा सार्वजनिक यातायातमा यात्रा गरिरहेका सयौँ यात्रुहरु पनि प्रभावित हुन्छन् भन्ने कुरा पनि ख्याल राख्न जरुरी देखिन्छ,’ हाछेथुले भने, ‘जति बेला मन लाग्यो त्यतिबेला बाटो काट्दा मुख्य चोकहरुमा ट्राफिक जामको समस्या हुने भएकाले समूहमा बाटो काट्दा ट्राफिक जामको समस्या पनि केही हदसम्म यो अभियानले कम हुने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।
ट्राफिक प्रहरीको पछिल्लो अभियानले जेब्रा क्रसिङबाट बाटो काट्ने जनचेतना सर्वसाधारणमा बढेको भएपनि जेब्रा क्रसिङबाट बाटो काट्दा मानिसहरु अझै सचेत नभएको पनि प्रहरीको ठम्याई छ ।
दुर्घटना न्युनिकरण गर्नका लागि पैदलयात्रुहरुलाई समूहमा बाटो काट्न र सवारी चालकहरुलाई पनि जेब्रा क्रसिङमा पैदल यात्रुहरुलाई प्राथमिकता दिन जनचेतना फैलाउने अभियान समेत ट्राफिक प्रहरीले सञ्चालन गर्नेछ ।
केही बेरको हतारोले ज्याननै जोखिममा पर्न सक्छ हाछेथु भने एक मिनेट पर्खदाँ ठूलो दुर्घटनाबाट जोगिन सक्छौ ।