केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पर्वतमा ११ सय ५४ जनाले गर्भपतन गरेको तथ्याङ्क सार्वजनिक

सहयात्रा टिभी

पर्वत । पुष २४– पवर्तमा सरक्षित गर्भपत गराउनेको संख्या बढेको तथ्याक्ङले देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतको परिवार नियोजन शाखाका अनुसार आर्थिक बर्ष २०७३/७४ मा १ हजार १ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

प्रजनन् स्वास्थ्य सचेतनाको अभावका कारण गर्भपतन गराउनेको संख्या वर्सेनि बढ्दै गएको हो ।

२०७२/७३ मा पर्र्वतमा झन्डै एक हजार जनाले गर्भपतन गराएकोमा यस बर्ष गर्भपतन गराउनेको सख्ंया बढेको परिवार स्वास्थ्य कार्यक्रमकी फोकल पर्सन सीमा कुंवरले जानकारी दिनुभयो ।

गर्भपतन गराउन आउनेहरु १५ देखि ४० वर्ष उमेर समूह रहेका छन् । विभिन्न स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्षमा ११ सय ५४ जनाले गर्भपतन गराएका छन् ।

गर्भ गर्भवती महिलाको इच्छानुसार १२ हप्तासम्मको गर्भपतन गराउन राज्यले नै स्वीकृति दिएपछि पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भएको हो ।

सानै उमेरमा प्रेम विवाह, प्रेम सम्बन्ध र प्रजनन स्वाथ्य चेतनाको अभावका कारण गर्भपतन गराउने किशोरीको संख्या बढ्दै गएको परिवार नियोजन संघ पर्वत शाखाले जनाएको छ ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्