केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासीहरू त्रसित

सहयात्रा टिभी

लमजुङ –सुन्दरबजारनजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासीहरू त्रसित भएका छन् । सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासीमा त्रास बढेको हो ।

सुक्खा भिरालो जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रास भएको स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले बताए।

मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिन भित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने स्थानीयवासीहरूको आशंका गरेका छन् । दिन प्रतिदिन तातो धुवाँको मात्रा बढ्दै गएकाले यथाशीघ्र छानबिन गरी सुरक्षाको प्रत्याभूति दिन स्थानीयवासीको माग गरेको छ ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्